१६ श्रावण २०७७, शुक्रबार
  • अभिमन्यु लामिछाने

उदयपुर, १६ साउन । उदयपुरको मालपोत कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ३४ वर्षीय एक पुरुष कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।

यस्तै विहीबार मात्रै बेलका नगरपालिका ९ रामपुर बजारका दुई जना व्यवसायीमा कोरोना संक्रमण देखिएको थियो । होटल सञ्चालक २० वर्षीय पुरुष र कपडा व्यवसायी ३५ वर्षीय महिलामा संक्रमण देखिएको थियो ।

मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गर्ने तयारी गरिएको छ । अर्को सूचना नआएसम्मको लागि मालपोत कार्यालयबाट कुनै पनि सेवा सुविधा उपलब्ध नगराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिनुभयो ।

उनलाई सेवाग्राहीबाट वा अन्य कुनै हिसावले कोरोना सरेको बारे भने प्रष्ट भइसकेको छैन । सो वारेमा सोधपुछ तथा अनुसन्धान साथै कन्ट्रयाक्ट टे«सिङ पछि मात्र थाहा हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।

यसअघि भारतबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायका नागरिकमा पनि देखिन थालेको छ । सरकारी कार्यलयमा कोरोना भेटिएको यो घटनापछि सर्वसाधरण त्रसित बनेका छन् ।

लकडाउन खुकुलो भएसँगै सामान्य बन्दै गएको जनजीवनमा कोरोना प्रतिको लापरवाही बढ्दो रहेको अवस्थामा यो घटना भएपछि उच्च सतर्कता अपनाउन आवश्यक देखिएको छ । जिल्लास्थित सुरक्षा सम्यन्त्रले उच्च सतर्कतका लागि कदम अगाडि बढाइ सकेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालप्रसाद दाहालले बताउनु भयो । सर्वसाधरणलाई माक्स सेनिटाइजर प्रयोग जस्ता कोरोना उच्च सतर्कता अपनाउन आह्वानसँगै अनुगमन समेत थालेको छ ।

उदयपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । बेलका नगरपालिकामा २४ जना, त्रियुगा नगरपालिकामा ५१ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV