१६ श्रावण २०७७, शुक्रबार

एजेन्सी, १६ साउन । कोरोना भाइरस संक्रमणका कारण अमेरिकाका राष्ट्रपतिका पूर्व उम्मेद्वार हरमन केनको मृत्यु भएको छ । उनी क्यान्सरबाट पीडित थिए ।

अघिल्लो महिला केनलाई उपचारका लागि अटलान्टाको एक अस्पतालमा भर्ना गरिएको थियो । केनको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुःख व्यक्त गरेका छन् ।

सन् २०१२ मा रिपब्लिकन पार्टीको तर्फबाट केन राष्ट्रपति पदका उम्मेद्वार थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV