१६ श्रावण २०७७, शुक्रबार
  • घनश्याम मिश्र

जनकपुरधाम, १६ साउन । भारत उत्तर प्रदेश अयोध्यामा बन्न लागेको राम मन्दिरालाई लिएर जानकी मन्दिर महन्थ रामतपेश्वर दास बैष्णवले खुशी व्यक्त गर्दै साउन २१ गते दिवाली मनाउन जनकपुधामबासीलाई आग्रह गर्नुभएको छ ।

जनकपुरमा शुक्रवार जानकीमन्दिरमा एक पत्रकार सम्मेलनको आयोजना गरेर महन्थ दाशले बुधवार श्रावण २१ गतेको दिन घर घरमा रामस्तुति र भजन कीर्तन गर्न समेत उनले समस्त मिथिलावासीलाई आह्वान गरेका छन ।

कोरोना भाइरसको कारण लकडाउबीच अयोध्यामा राम मन्दिर शिलान्यास र भूमिपूजनको अवसरमा जानकी मन्दिरको प्रतिनिधि सहभागी हुन न सक्ने पनि स्पष्ट पार्नुभएको छ । महन्थले भन्नुभयो, कोरोना महामारीको कारण आफूहरु भूमिपूजनमा सहभागी न भएपनि हामी अवधवासिलाई बधाई र शुभभकामना दिन चाहन्छु ।

उहाँले आफूहरु उक्त अवशरमा नागरिक समाजका तर्फबाट कांग्रेस उपसभापति विमलेन्द्र निधि सहितको जानकी मन्दिरको प्रतिनिधि पनि जाने कार्यक्रम तय भएको भएपनि लकडाउनको कारण अहिले जान सम्भव न भएको तर्क गर्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै दासले, लकडाउन खुकुलो भएपछि मिथिलावासीको तर्फबाट मिथिला यात्रा निकालिने समेत जानकारी गराउनुभयो । मन्दिरको भूमिपूजनको दिन आउने बुधवार साँझ समस्त मिथिलाबासीलाई आफ्नो घरमा दीपावली मनाउन आग्रह गर्दै महन्थ दासले राम र सीताको भजन किर्तन समेत गर्न आग्रह गर्नुभएको छ ।

काशीको सरयुग घाटमा उत्तर प्रदेश सरकारले निर्माण गर्नलागेको भगवान रामको ऐतिहाशिक प्रतिमाका साथ सीताको पनि प्रतिमा राख्न महन्थले सुझाएका छन् । सीता बिनाको रामको परिकल्पना समेत गर्न न सक्ने भएको तर्क गर्दै दाशले भन्नु भयो, सीता र राम एक साथ हुनु पर्छ ।

आफूहरुले अयोध्या स्थित बिभिन्न साधु सन्तलाई राम सीताको प्रतिमूर्ति एक साथ निर्माण गर्न बरम्बार ध्यानाकर्षण समेत गराएको दासले स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV