१६ श्रावण २०७७, शुक्रबार

काठमाडौं, १६ साउन । वीरगञ्जका मेयर विजयकुमार सरावगी कोरोना भाइरस (कोभिड १९) संक्रमण भएपछि अहिले उहाँलाई आइसीयुमा राखिएको छ ।

बिहीबार काठमाडौंमा कोरोना भाइरस संक्रमण पुष्टि भएको उहाँको अवस्था स्थिर रहेको बताइएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आउँनु भएका सरावगीको काठमाडौंमा नै कोरोनाभाइरस परीक्षण गरिएको थियो ।

परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वयं सरावगीले समाजिक सञ्जालमा लेख्नु भएको छ । वीरगञ्जमा कोरोनाभाइरस संक्रमण अब समुदाय स्तरमा फैलिइसकेको पनि उहाँले फेसबुकमा लेख्नु भएको छ ।

जनताको सेवामा लाग्दालाग्दै आफुलाई कोरोनाभाइरस संक्रमण भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV