१६ श्रावण २०७७, शुक्रबार
  • अभिमन्यु लामीछाने

उदयपुर, १६ साउन । अविरल वर्षापछि बिहीबार राति आएको पहिरोका कारण सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ को बेलसोतको चुरियामा गएको पहिरोका कारण सडक अवरुद्ध भएकाे हाे ।

सडक अबरुद्ध भएपछि मिरचैया-कटारी सडकमा यात्रा गर्ने यात्रुहरु समस्यामा परेका छन् । इलाका प्रहरी कार्यलय कटारीका डिएसपी हेमन्त भण्डारीले नगरपालिकालाई जानकारी गराई सडक खोल्ने प्रयास गरिरहेको बताउनुभयो । बेलसोतको चुरेक्षेत्रमा पहिरोको जोखिम बढेको वडाध्यक्ष नवराज पोखरेलले बताउनु भयो।

सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी-घुर्मी सडक खण्डसमेत पहिरोको जोखिममा रहेको छ । गत वर्ष कटारी ११ स्थित ठाटीमा पहिरो जाँदा एक महिना सडक अबरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV