१५ श्रावण २०७७, बिहीबार
  • तारा आचार्य,

विराटनगर, १५ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले सामाजिक दूरी पालना नगर्ने, अनिवार्य रुपमा मास्क र सेनिटाइजर प्रयोग नगर्नेलाई कानूनी कारबाही गर्ने भएको छ ।

विहीबार सार्वजनिक सूचना जारी गर्दै सामाजिक दूरी पालना नगर्ने, मास्क र सेनिटाइजर प्रयोग नगर्नेलाई संक्रामक रोग ऐन–२०२० बमोजिम १ महिनासम्म कैद तथा रु १०० जरिवाना गर्ने निर्णय गरेको हो ।

उक्त नियम पालना नगरी बाधा पु-याएमा ६ महिनासम्म कैद वा ६ सय रुपैया जरिवाना गर्ने सो कार्यालयले जनाएको छ । कोरोना संक्रमण बढ्न थालेपछि प्रशासनले कडाई गर्न लागेको हो ।

विराटनगरमा सुरक्षाकर्मी स्वास्थ्यकर्मी र स्थानीयहरुमा संक्रमण देखिन थालेपछि रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले कडा कदम चालेको हो ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला स्तरीय कोभिड क्रइसिस म्यानेजमेन्ट समितिको बैठकको निर्णय अनुसार स्वास्थ्य, सुरक्षा र यातायात सम्बन्धी सवै मापदण्ड पालना गर्नसमेत आग्रह गरेको छ । विहीबार मोरङमा ८ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV