१५ श्रावण २०७७, बिहीबार

काठमाडौं, १५ साउन । वीरगञ्ज महानगरपलिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण भएको छ । विहीबार साँझ सोसल मिडिया फेसबुकमार्फत् मेयर सरावगीले वीरगञ्जवासीहरुको सेवामा अनवरत रुपमा लाग्दा आफू स्वायंलाई पनि कोरोना संक्रमण भएको बताउनुभएको हो ।

कोरोना पुुष्टि भएपछि आफू उपचाररत रहेको पनि मेयर सरावगीले जानकारी गराउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै कोरोनालाई जित्ने छु ।’

विगत पाँच महिनादेखि कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जवासीलाई बचाउन आफूले हर सम्भव प्रयासहरु गरेको मेयर सरावगीले बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘संघीय र प्रदेश सरकारको दायित्व अन्तर्गत रहेको क्वारेन्टाइन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जीवन रक्षाको लागि अथक प्रयत्न गरे ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV