१५ श्रावण २०७७, बिहीबार

काठमाडौं, १५ साउन । सरकारले कोरोना भाइरस संक्रमितको उपचार गर्ने निजी अस्पतालहरुका लागि शुल्क तोकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निजी अस्पतालको शुल्क सामान्य लक्षण भएका बिरामीहरुका लागि प्रतिदिन ३५ सय, मध्यम जटिल बिरामीहरुको उपचारका लागि ७ हजार र जटिल अवस्थाका बिरामीहरुको उपचार गर्दा १५ हजार निर्धारण गरिएको छ।

अबदेखि निजी अस्पतालहरुले सरकारले तोकिएको शुल्क लिनुपर्ने भएको छ। यसअघि कोरोना संक्रमणको उपचार गर्दै आएका निजी अस्पतालहरुले आफूखुसी शुल्क लिने गरेका थिए ।

पीसीआर परीक्षणका लागि सूचीकृत नभएका अस्पतालहरुले शंकास्पद व्यक्तिहरुको पीसीआर परीक्षणका लागि तोकिएको शुल्कको १० प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV