विजय बम्डेलको तीज गीत ‘दश एकान दश’ बजारमा



प्रकाशित मिति : Jul 28, 2020
  • सुमन कार्की,

पाल्पा, १३ साउन । पाल्पाली हाँस्य कलाकार मंगलेको नामबाट आफ्नो पहिचान बनाउन सफल कलाकर विजय बम्डेलको ‘दश एकान दश, यसपालीको तीजमा क्वारेन्टाइनमा बस’ तीज गीत बजारमा आएको छ ।

विदेशबाट स्वदेश फर्किएपछि १४ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्ने सरकारको निर्देशनलाई पाल्पाली सर्जक कमल भट्टराईले ‘दश एकान दश, यसपालीको तीजमा क्वारेन्टाइनमा बस’ गीतमार्पत् प्रस्तुत गरेका छन् ।

गीतलाई कलाकार विजय बम्डेलले स्वरबद्ध गरेका छन् । सार्वजनिक गीतको भिडियोलाई गोकुल सारुले निर्देशन गरेका हुन् । त्यस्तै, नितिन मार्कसको कोरियोग्राफी रहेको छ ।

चर्चित लोक पप गायक अर्जुन कौशलले गीतलाई संगीतबद्ध गरेका छन्, भने सन्तोष बस्यालले छायाङ्कन तथा सम्पादन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com