बलिउड अभिनेत्री ऐश्वर्या र छोरी आराध्याको कोरोना परीक्षण नेगेटिभ आयो, अस्पतालबाट डिस्चार्ज



प्रकाशित मिति : Jul 27, 2020

एजेन्सी, १२ साउन । बलिउड अभिनेत्री ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्याको कोरोना परीक्षण नेगेटिभ आएको जनाइएको छ ।अभिनेता अभिषेक बच्चनले ट्वीतर मार्फत सोमबार पत्नी ऐश्वर्या राई बच्चन र छोरी आराध्याको कोरोना टेस्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । यद्यपि कोरोना संक्रमित अमिताभ बच्चन र अभिषेक बच्चन भने अझै अस्पतालमा नै छन्।

अभिषेकले ट्वीटरमा लेखे, तपाईको निरन्तर प्रार्थना र इच्छाका लागि तपाईहरु सबैलाई धन्यवाद। यसका लागि म सधैँ ऋणी रहनेछु। ऐश्वर्या र आराध्याको कोरोना टेस्ट नेगेटिभ आएको छ । उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। मेरो बुबा र म अस्पतालमा नै छौं।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com