साहित्यकार भोला जोशीको ८० बर्षको उमेरमा निधन



प्रकाशित मिति : Jul 27, 2020

काठमाडौं, १२ साउन । साहित्यकार भोला जोशीको ८० बर्षको उमेरमा निधन भएको छ। अग्रज साहित्यकारको रुपमा रहेका जोशीको आफ्नै निवास हेटौंडामा निधन भएको हो ।

उनलाई ‘उस्ताद’ उपनामले पनि चिनिन्थ्याे । उनी धेरै समयपहिलाबाट दम र सुगरबाट पीडित थिए । उनी साहित्य बाहेक संगित विधामा पनि अबद्ध थिए । उनले  संगित भरेकाे ‘हे मेरा मित्र हो म मरेर जाँदा आसु नझारी दिनु’, ‘बिस्यौँ क्यारे खाएको कसम चाँदनी रातमा’, ‘हे मुर्ख मर्ने बेलामा सोँच यो जीवन भोली आउँदैन’ लगायत गीत चर्चित थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com