वैदेशिक राेजगारीबाट घरफिर्ती : भविष्यप्रति चिन्तित युवाहरू



प्रकाशित मिति : Jul 18, 2020
  • एनपीआई

हाल नेपालले समस्याग्रस्त स्वास्थ्य सेवा प्रणालीका साथसाथै कोभिड–१९ माहामारीको कारण अचानक आइपरेको आर्थिक गतिरोधको दोहोरो चुनौतीका बीच ठूलो संख्यामा वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको उद्धार, घरफिर्ती साथै पुनर्स्थापना गर्नुपर्ने गम्भीर चुनौतीको सामना गर्नु परिरहेको छ । नेपाली श्रमिकहरु विश्वभर नै छरिएका छन् ।

मुख्यतः खाडी समन्वय परिषदका देशहरु (Gulf Cooperation Council) मलेसिया र भारतलगायत देशमा असुरक्षित प्रकृतिको काम र एकदमै न्यून स्तरको जीवनयापनको कारणले गर्दा पनि नेपाली श्रमिकहरुले माहामारीका बहुपक्षीय असरको अनुभुति गरेका हुन् । फलस्वरुप पूर्वानुमान गरिएको स्वदेश फिर्ती र पुनरागमन आप्रवास (Reverse Migration) ले श्रमिकहरुको सामाजिक र आर्थिक पुनःएकीकरणलाई मुख्य केन्द्रमा राख्नुपर्ने अवस्था आईपरेको छ । सरकारले स्वदेश फर्किने श्रमिकको पुनःएकीकरणका बारेमा छलफल/विमर्श गरिरहेकोे र केही रोजगारमूलक र आर्थिक पुनरुत्थानका कार्याक्रमहरुको विश्लेषण प्रारम्भ गरेको छ । यस्मा आप्रवासी श्रमिक आफैले जति धेरै आफ्नो समुदायमा स्वयंको रुचि र अनुभवहरुको आधारमा घुलमिल हुन सक्छन त्यति नै छिटो रोजगार वा स्वरोजगार हुन सक्छन् ।

यो द्रूत मूल्याङ्कन वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको आवाजलाई सुन्ने र सरकारको नीति निमार्णको प्रयासमा उनिहरुको सरोकारबारे जानकारी गराउने तथा आकस्मिक र परिस्थितिवश फर्कनुपर्ने वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सहजरुपमा घर फर्काउने प्रयासमा लक्षित छ । आठ (८) प्राथमिक गन्तव्यका खाडी समन्वय परिषदका देशहरु, मलेसिया र भारतका ६२५ आप्रवासी श्रमिकका विचारहरुलाई प्रस्तुत गरिएको यस अध्ययनमा श्रमिकहरुको स्वदेश फिर्ता प्रतिको विचार र फर्किसके पछिको योजनाहरु बनाउन गरिएको प्रयासहरु अपर्याप्त रहेको प्रष्ट देखिएको छ । विश्वका अन्य भागहरुमा जस्तैः अध्ययन गरिएका गन्तव्य मुलुकमा रहेका नेपाली श्रमिकहरु पनि कोभिड–१९ को समस्यामा रहेको र त्यसपछिको अवस्थाकालागि ठोस प्रयास तथा तयारी नगरिएकोले उनिहरुलाई समय पूर्वनै नेपाल फर्कने बारेमा सोच्न बाध्य तुल्याएको छ ।

कोभिड–१९ का कारण एकातिर ठूलो संख्यामा आप्रवासी श्रमिकले नेपाल फर्किने सोच बनाएको देखिन्छ भने अर्कोतर्फ उनीहरूको रोजगारीको प्रत्याभूति र नेपालमा संक्रमणको बढ्दो अवस्थाका कारण धेरै श्रमिकहरू स्वदेश फर्कने कि नफर्कने भन्ने बारेमा द्विविधामा छन् । नेपाल फर्कने भनेको स्वदेश फर्कदाको जटिल प्रक्रिया, महङ्गो हवाई–भाडा खर्च, दुई हप्ता गुणस्तरहीन क्वारेन्टाइनमा बस्नुपर्ने तथा थप खर्च, र नेपालमा बन्दाबन्दीको सामना गर्नु हो । तर यसको विपरित, विदेशमा देखिएको बजार अस्थिरता, अन्तर्राष्ट्रिय गतिशिलता र आपूर्ति श्रृङ्खलामाअवरोध र ठूलो स्तरका विकास परियोजनाहरु, रद्द हुने वा ढिलाइ हुने भए तापनि गन्तव्य मुलुकमा रोजगार र गतिशीलता पुनः सुरु हुने सम्भावना पनि रहेको छ ।

यस द्रूत मूल्यांकनले महामारीले गर्दा विदेशमा काम गरिरहेका आप्रवासी श्रमिकहरुको जीवन र रोजगारीको अवस्थाको निम्नस्तर (Sub-Standard) बारे जानकारी गराएको छ । उत्तरदाताहरु मध्ये ५८५ कार्यस्थलको कारण संक्रमित हुन सक्नेबारे भयभित छन् भने १७५ ले उनिहरुको व्यक्तिगत जीवनशैलीका कारण संक्रमित हुनसक्ने बारे चिन्ताव्यक्त गरेका छन् । कार्यस्थलमा खासगरी बढी संख्यामा श्रमिकहरुको सम्पर्कमा आउने व्यक्ति हुने वा शिविरहरुमा बस्ने सहकर्मीहरुको माध्यमबाट होस् या कार्यस्थलमा ग्राहकहरुको प्रत्यक्ष सम्पर्क हुने (जस्तैः सुपरमार्केट र सुरक्षाकर्मीको जागिर) वा सार्वजनिक यातायात तथा कार्यस्थलको खाजाघर प्रयोगकर्ताहरुलाई बढी असुरक्षित बनाएको छ । यद्यपि कार्यस्थलमा भन्दा तुलनात्मक रुपमा अस्वस्थ र अव्यवस्थित शिविर वा सेयर गर्नुपर्ने साझा कोठामा बस्दा संक्रमणकाे जोखिम कम पाइएको छ ।

भविष्यप्रति चिन्तित

स्वदेश फर्कने आप्रवासी श्रमिकहरु अनिश्चितताका कारण भविष्यप्रति चिन्ता ब्यक्त गरेका छन् । उनीहरुका अनुसार विप्रेषणमा आएको गिरावटको प्रत्यक्ष असर उनीहरुको दैनिक आधारभूत आवश्यकताहरु पूरा गर्ने क्षमतामा निर्भर हुने गर्दछ । विप्रेषणको अभावमा उनीहरुका खाना, घर भाडा, बालबालिकाको शिक्षा र ऋण चुक्ता गर्ने क्षमता मूख्य चिन्ताको विषय बनेको छ । केही उत्तरदाताहरुले विप्रेषणमा हुने कटौतीले गैह्र आर्थिक प्रभावहरुलाई पनि संकेत गरेका छन् । जस अन्तर्गत वि-भेद, घरेलु हिं-सा र अन्य पारिवारिक तनावमा वृद्धि हुन सक्ने उल्लेख गरेका छन् । लक्षित समूह छलफलमा पनि यस विषयलाई विशेष जोड दिइएको थियो ।

वैदेशिक रोजगारमा संलग्न आप्रवासी श्रमिकहरूकोे स्वदेश फिर्ती पश्चातका योजनाहरु  पनि अत्यन्त बिचारणिय छन् । आप्रवासीहरू मध्ये ठूलो संख्या (८०५) ले नेपाल फर्किए पछि विशेष गरी कृषि अथवा गैकृषि क्षेत्रमा स्वरोजगार हुने रुचि प्रकट गरेका छन् । बांकी रहेकाले कृषि तथा गैर कृषि क्षेत्रको ज्याला रोजगारी गर्ने चाहना राख्दछन् ।

वैदेशिक रोजगारमा संलग्न श्रमिकहरूसँग भएको लक्षित समुह छलफल अनुसार कम आम्दानी हुने तर उच्च जीवन लागतको कारण नेपालका रोजगारीका अवसरहरुलाई कम आकर्षण देखाएको छ । यद्यपि सरकारले स्वदेश फर्कने श्रमिकको प्राथमिकताको लागि नीति तथा कार्यक्रम त ल्याएको छ, तथापि वार्षिक बजेटमा घोषणा गरिएका यस्ता सरकारी कार्यक्रमको बारेको सूचना ७० प्रतिशतले थाहा नभएको, २८ प्रतिशतले आशिकं रुपमा भएको र केवल २५ ले मात्र थाहा भएको सर्वेक्षणले देखाएको छ ।

उत्तरदाताहरु मध्ये अधिकांशका (८०५) अनुसार विदेशमा श्रम गर्दा कमाएको धेरै पैसा घरपरिवारका महिनैपिच्छेका आवश्यकताहरू पूर्ति गर्नमा नै खर्चिएकाले स्वरोजगारमा संलग्न हुनुको प्रमुख अवरोध आर्थिक अभाव रहेको बताएका छन् । आधा आप्रवासी श्रमिकहरुले भने सीप/प्रशिक्षणको अभावलाई प्रमुख अवरोधका रुपमा स्वीकार गरेका छन् । त्यसका साथसाथै व्यावसायिक सञ्जालको अभाव, स्थानीय सन्दर्भमा अपर्याप्त जानकारी, जटिल प्रशासनिक प्रक्रिया अन्य वाधा अवरोधहरुको रुपमा रहेको उल्लेख गरेका छन् ।

स्वदेश फर्कन चाहनेमध्येको सानो हिस्सा मात्रै ज्याला रोजगारीमा रुचि राख्दछन । उनीहरुले थोरै ज्याला, सीपकाे अभाव, प्रशिक्षण र पर्याप्त अनुभवको अभाव, अवसरको बारेमा जानकारीको कमी र उपयुक्त सञ्जालमा पहुँच नहुनु प्रमुख बाधाका रुपमा उल्लेख गरेका छन् । तीमध्ये एक तिहाई उत्तरदाताहरुका अनुसार उनीहरु रोजगारीका लागि आवश्यक आवेदन प्रकृयाको सही तरिका थाहा नपाउँदा रोजगारी पाउन असमर्थ रहेको भन्ने छ । यसमा आश्चर्य मान्नु पर्ने कुनै कारण छैन किनकि नेपालमा ज्याला र सुविधाहरु अत्यन्तै सीमित छन् । विदेशमा सोही पेसा बाट प्राप्त हुने ज्याला बढी छ भन्ने कुरामा उत्तरदाताहरूले विश्वास व्यक्त गरेका छन् । यसैले स्वदेशमा ज्यालादारी रोजगारीलाई कम आकर्षक विकल्प बनाएको छ ।

सरकारले के गर्नुपर्छ ?

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई लक्षित योजना र कार्यक्रमहरुको कार्यान्वयन पक्षलाई जोड दिनका साथै यस सम्बन्धी सूचना र जानकारीमा उनीहरुको सहजपहुंच जरुरी छ भन्ने यो अध्ययनले देखाउँछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्वदेश फर्किएका व्यक्तिहरूलाई लक्षित गरेर योजना र कार्यक्रमहरूको कार्यान्वयन गर्ने, विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्यांक तयार पार्ने र उनीहरूको सामाजिक तथा आर्थिक पुनःएकीकरण गर्ने लगायतका धेरै वैदेशिक रोजगारी सम्बन्धी कार्यहरु स्थानीयतहको जिम्मेवारीमा समावेश गरेको छ, जसलाई अझ सवल बनाउन आवश्यक छ ।

वैदेशिक रोजगारबाट स्वदेश फर्केका व्यक्तिहरूकोे सफल पुनःएकीकरणका लागि, सरकारले जोखिममा रहेका समुदाय जस्तैः आधिकारिक तथ्याङ्कन भेटिएका, महिलावर्ग आदिलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट गरिने उध्दार तथा पुनःएकीकरण प्रक्रिया र कार्यक्रमहरूमा छुटाउने नहुने कुराको सुनिश्चितता गर्नुपर्दछ । श्रम स्वीकृतिबिनै वैदेशिक रोजगारमा संलग्न वा भिसाको समयावधि समाप्त भए पनि समयमा श्रम स्वीकृतिको नविकरण नगरेको श्रमिककालागि यो विषय निकै महत्वपूर्ण हुनसक्दछ । मुख्यतः घर फर्किएका त्यस्ता श्रमिकहरुलाई सहयोग आवश्यक छ ।

पुनर्स्थापना कार्यक्रमहरुको सफलताका लागि बनाईने योजना सही तथ्यगत आधार र विशलेषणमा भर पर्दछ । पुनरागमन भएका श्रमिकहरुको सामाजिक विप्रेषणको जानकारी जस्तैः उनिहरुले प्राप्त गरेको सीप, अनुभव, सामाजिक सञ्जाल र बुझ्ने क्षमता लगायतका विषयहरु अत्यन्त महत्वपूर्ण हुन्छन् । त्यसैले पुनर्एकीकरण कार्यक्रमको योजना बनाउँदा त्यस्को सफलता सुनिश्चित गर्न समुदायको स्वामित्व, समावेशी प्रणाली, तथा लक्षित लाभग्राहीको सहभागिता सुनिश्चित गर्न सक्नु पर्दछ ।

अहिले आकस्मिक रुपमा आइपरेको पुनरागमन आप्रवास (Reverse Migration) एक मुख्य चुनौतीको रुपमा देखिएको छ । तापनि श्रमिकहरुलाई राज्यले निर्दिष्ट गरेका मुख्य प्राथमिकताका क्षेत्रहरुमा प्रभावकारी रुपमा परिचालन गर्न स्वदेश फर्किएका व्यक्तिहरुले हासिल गरेका सामाजिक विप्रेषण (Social Remittance) को पहिचान गरी उनीहरुको रुचि र आकांक्षा झल्काउन सक्ने उपयुक्त नीति, रणनीति र कार्यक्रमहरु भएमा नेपालजस्तो विप्रेषणमा अत्याधिक निर्भर रहेको देशका लागि यो एक अनुकुल अवसरको रुपमा परिणत हुन सक्नेछ ।

(डायस्पोरा नेपालीहरुको अन्तर्रास्ट्रिय थिङ्कट्यांक नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) ले माइग्रेसन ल्याबसँगको सहकार्यमा खाडीका ८ देश, मलेसिया र भारतमा कार्यरत ६ सय २५ कामदारमाझ गरेको सर्वेक्षणको सारांश)


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com