नगरपालिकाको सहयोगमा रामेछापमा होमस्टे सञ्चालन



प्रकाशित मिति : Jul 16, 2020
  • युबराज श्रेष्ठ

रामेछाप, १ साउन । रामेछाप नगरपालिकाको सहयोगमा रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ मा होमस्टे सञ्चालनमा आएको छ । नगरपालिकाको पर्यटकीय स्थल भालुखोप डाँडामा अन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउ होमस्टेले महत्वपुर्ण भुमिका खेल्ने भन्दै भालुखोप डाँडामा होमस्टे सञ्चालन गर्न नगरपालिकाले आवश्यक तालिम र समाग्री वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेल बताउनु भयो ।

नगरपालिकाले होमस्टे सञ्चाल गर्न मापदण्ड पुरा भएका ९ परिवारलाई होमस्टे सञ्चालनहरुकै मागको आधारमा आवश्यक पर्ने सामाग्रीहरु सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।

मापदण्ड पुरा भएका होमस्टे सञ्चालकहरुलाई होमस्टे सञ्चालनको लागी आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गर्दै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले भलुखोप पर्यटकीय स्थल भएकोले आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गर्नुपर्ने स्वागत र सत्कारमा कमी हुन नदिन समेत आग्रह गर्नु भएको छ । खाना मात्र मिठो भएर हुदैन सफा हुनका साथै बोली बचन र ब्यवहार समेत राम्रो हुनु पर्ने उहाँले भन्नुभयो ।

रामेछाप नगरपालिकाको ८० प्रतिशत र भालुखोप सामुदायिक होमस्टेको २० प्रतिशत लगानीमा उक्त समाग्री प्रदान गरिएको हो । साथै वडा नम्बर ७ ले दराज , टेबल र कुर्चि होमस्टे सञ्चालनहरुलाई उपलब्ध गराएको छ । होमस्टेमा तामाङ जातिका कला, संस्कृति र रितिरिवाज , स्थानीय खानाका परिकारहरु तयारी गरिने भालुखोप सामुदायिक होमस्टेका अध्यक्ष लाल बहादुर तामाङले जानकारी दिनु भयो ।

भालुखोप डाँडा आसपासमा पर्यटकीय एवम धार्मिक स्थल ताराखसे पोखरी र गणेशटार मन्दिर रहेका छन भने भालुखोप डाँडामा भ्युटावर निर्माणधिन अवस्थामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com