सन्दर्भ भानु जयन्ती : भानुभक्त जन्मिएको घर जलेर खण्डहर बन्यो तर कसैको मन जलेन (भिडियो)



प्रकाशित मिति : Jul 13, 2020
  • सविन लामिछाने,

तनहुँ, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजन्ती देश र विदेशमा रहेका नेपाली भाषीहरुले विभिन्न कार्यक्रम गरी मनाए ।

तर, तिनै आदिकवि आचार्य जन्मिभएको तनहुँको चुँदीरम्धमा रहेको घर भने जलेर ध्वंस्त भएको १८ वर्ष पुगिसकेको छ । देशभर आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती धुमधामका साथ मनाउँदै गर्दा धेरै स्रष्टा साम्मानित समेत भए ।

तर, उनै भानु जन्मिएको तनहुँको चुँदीरम्घामा रहेको घर १८ वर्षअघि जलेर खण्डहर बनेको छ । अहिलेसम्म पुनर्निर्माणका लागि कसैको ध्यान पुगेको छैन ।

अहिले बाँकी रहेका घरका भित्ताहरु पनि भत्किदै गएका छन् । यता सरकारले नेपाल सरकारले भानु जन्मस्थलको विकास गर्न भनि २०५२ सालमा भानु जन्मस्थल विकास समिति गठन गरेको थियो ।

तर राजनीतिक नेतृत्व परिवर्तनसंगै समितिमा आफना मान्छे नियुक्ति गर्ने परम्पराले आचार्य जन्मिएको घरको संरक्षण हुन नसकेको आचार्यका सन्तान रिदमनाथ आर्चायको गुनासो छ ।

साहित्यका स्रष्टा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको हेर्न तनहुँ पुग्ने गरेका छन् । तर १८ वर्षअघि जलेको घर पुननिर्माण नहुँदा उनीहरुको मन खिन्न हुने गरेको छ ।

स्थानीय सरकारले पनि बेवस्ता गर्दा भानुभक्त जन्मिएको घर बगरमा परिणत हुँदै गएको छ ।

यस्तै भानुभक्तलाई प्रेरणा दिने घाँसीको नाममा पृथ्वी राजमार्गसंगै स्थापित घाँसीकुवा, भानु जन्मस्थलमा सञ्चालन गरिएको संस्कृत विद्यापीठ पनि संरक्षणको पर्खाइमा बसेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com