टर्की, हाँस र कुखुराले फेर्यो जुनकलीको जीवन, गर्दा पर्दा स्वदेशकै श्रम स्वादिलो



प्रकाशित मिति : Jul 13, 2020
  • दानबहादुर बुढा

मुगु, २९ असार । जिल्ला छाँयानाथ रारा नगरपालिका २ की जुनकली देबकोटा कष्मेटिक पसल छोडेर हिजोआज टर्की, हाँस र कुखुरा ब्यावसायमा रमाउदै आइरहेकी छन् । मुगुको सदरमुकाम गमगढी बजारमा जिल्ला कै पहिलो कष्मेटिक पसलको ब्यवसाय सञ्चालन गरेको १८ बर्षसम्म सञ्चालन गर्दापनि आम्दानी राम्रो नभएपछि हिजोआज कष्मेटिक पसल छोडेर टर्की कुखुरा र हाँस व्यवसाय गर्दा राम्रो आम्दानी भएपछि जुनकली देवकोटा निकै खुसी छिन् ।

देवकोटा बिहान उठ्ने बितिकैदेखि साँझ अन्धकार हुन्जेलसम्म त्यही टर्की,हाँस र कुखुराको स्याहार सुसारका खटिएकी हुन्छिन् । मुगुका अन्य बेरोजगार बिदेश जाने युवा र युवतीको लागि जिल्लामा बसेर ब्यवसाय गर्नुपर्छ यही राम्रो आम्दानी हुन्छ भन्ने खालको एक नमुना महिलाकोरुपमा देखा परेकी छन ।

उनले ब्यवसाय गरेको स्थान छाँयानाथ रारा नगरपालिका वडा नम्बर ७ टोप्ला रारा जाने मुल गेटमा रहेको हुँदा नियमित रारा आउने पाहुनालाई लक्षित गरेर यो व्यवसाय सञ्चालनमा ल्याएको र तत्काल भने कोरोना संक्रमणको कारण व्यवसाय घटेको बताउछिन् ।

मनिषा फ्रेसहाउस सञ्चालनबाट घर खर्च चलाउन, २ छोराको पढाईसमेत यही ब्यवसयाबाट धानेको उनको भनाइ छ । अहिलो फ्रेस हाउसमा लाखभन्दा बढी रकमको सामानहरु रहेको बताउछिन् । हाल फ्रेस हाउसमा ३ सय भन्दा बढी लोकल कुखुरा, ३० वटा हाँस, र ५० वटा टर्की रहेका छन् । फेसहाउस ब्यवसायबाट राम्रो आम्दानी भएको हुँदा निकै खुसी लागिरहेको ब्यवसाय सञ्चालक जुनकली देवकोटाले बताउछिन् । मुगुमा पहिलो फ्रेस हाउसबाट कुखुरा, हाँस र टर्की ब्यवसाय सञ्चालनमा आएको हुँदा पशुपंक्षी तथा पशु कार्यालय मुगुबाट टर्की व्यवसायको लागि ५ लाखको सहयोग गरिएको छ ।

टर्की ब्यावसाय सँगै कुखुरा ब्यावसाय छाँयानाथ रारा नगरपालिका वडा नम्बर ७ टोप्ला रारा जाने बाटो नजिकै राम्रोसँग सन्चालन भै रहेको छ । रारा ताल नजिकै भएको हुँदा ट्रकी र हाँसको राम्रो माग भएको हुँदा नेपाल सरकार नार्कको सिफारिस अनुसार ह्वाइट लेवन, ब्याले स्टोन सिफारिस गरिएका कुखुराहरुमा मुगुको लागि राम्रो हावापानी भएको हुँदा, छिटो उत्पादन मासुको लाग ककेल जातको कुखुरा बढी उपयुक्त रहेको देखिन्छ । अब मुगुमा टर्की हाँस, कालिजको व्यवसाय सञ्चालन गर्न लागि कर्णाली प्रदेश सरकारले बजेट बिनियोजन गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com