२८ असार २०७७, आईतवार

काठमाडौं, २८ असार । भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ ।

आज परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भारत सरकारलाई ध्यानाकर्षण पत्र पठाएको हो ।

पत्रमा नेपालबारे प्रसारित अश्लील सामग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।

नोटमा भारतका केहि सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पु¥याएको बताइएको छ ।

न्यूनतम पेशागत मर्यादा पनि कायम नगरेको घृणाजनक अभिव्यक्तिले नेपाल र नेपालीको अपमान गर्ने र नियतवश सुरु गरिएका त्यस्ता अभियानले दुई देशबीचको सम्बन्धमा समेत खलल पु¥याने नोटमा भनिएको छ ।

भारतीय सञ्चारमाध्यम जी न्यूजले सत्तासिन नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० भित्रको संकट र चिनियाँ राजदूत होउ यान्छीको सक्रियतालाई लिएर विभिन्न खबर प्रशारण गरिरहेका छन् ।

कतिपय सञ्चारमाध्यमले प्रधानमन्त्री ओली र राजदूत यान्छीको नाम जोडेर समेत खबर बनाएका थिए । सोही विषयमा जनदबाब बढेपछि सरकारले भारतलाई प्रोटेस्ट नोट पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV