काठमाडौंमा समुदायमा कोरोना फैलिएको पाइएन, १२ स्थानको परीक्षण नेगेटिभ (भिडियो)



प्रकाशित मिति : Jul 11, 2020

काठमाडौं, २७ असार । इपिमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंका १२ वटा छुट्टाछुट्टै स्थानको समुदायमा पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ ।

स्रोत बिना संक्रमित भेटिएका काठमाडौं उपत्यकामा संक्रमण समुदाय मै फैलिएको आंकलन बिज्ञको थियो तर रोग नियन्त्रण महाशाखाले १२ ठाउँबाट संकलन गरेको १२ सय स्वाबमध्ये १ हजार १ सय १६ जनाको रिपोर्ट आइसक्दा सबै नेगेटिभ आएको छ ।


काठमाडौं उपत्यकामा तीनकुनेमा कपन, भक्तपुर, खुशिबु, कागेश्वरी, नख्खु, मैतीदेवी, बोडे, कोटेश्वर, ललितपुरको प्यूटार, टोखा, शंखमुलका एक–एक जना संक्रमितको संक्रमण स्रोत खुल्न सकेको थिएन ।

त्यही स्थानबाट ईडीसीडीले नमूना संकलन गरेर परीक्षण गरेको थियो । साथै ईडीसीडीले काठमाडौंका कोरोना संक्रमण उच्च जोखिममा रहेका कार्यालय अस्पताल लगायत सर्विस एरिया बाट ५ हजारको स्वाब संकलन गरी परीक्षण गर्ने काम पनि गरिरहेको छ ।

देशभर ४५ हजारको परीक्षण गरी समुदायमा कोरोना छ छैन पत्ता लाग्ने छ । उपत्यकाको १२ ठाउको रिपोर्ट अनुसार समुदायमा कोरोना फैलिएको नदेखिएको महाशाखाले जनाएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी संक्रमित प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा छन् । कम संक्रमित प्रदेश १ र बाग्मती प्रदेशमा छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com