सरकारले विकासको नाममा सांस्कृतिक शहर मास्न खोजेको भन्दै खोकनावासी निरन्तर आन्दोलनमा (भिडियो)



प्रकाशित मिति : Jul 10, 2020
  • कृष्णकुमारी / महेश्वर

काठमाडौं, २६ असार । विकास निर्माणको नाममा नेवाः सम्पदा मासेको भन्दै खोकनावासी माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन् । काठमाडौं – तराई जोड्ने द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ –भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने योजना बनाएर सरकारले खनजोतमा रोक लगाएपछि खोकनाबासीहरु आन्दोलित भएका हुन् ।

सो ठाउँमा सरकारले जमीन अधिग्रहणका लागि सूचना निकालेको छ । आफ्नो जमीन उपभोग गर्न नपाएको, सरकारले विकास निर्माणको नाममा नेवाःसम्पदा मास्न खोजेको भन्दै खोकोनाबासी प्रदर्शनमा उत्रिएका हुन । विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनावासीले विरोध गर्दै आएका छन्। पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयहरु थप आक्रोशित बनेका हुन् ।

सरकारले विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको स्थानीयको आरोप रहेको छ । खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरातात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिविरुद्ध आन्दोलित हुनुपरेको हो, प्रदर्शनमा सहभागीले न्यूज २४ लाई बताए ।

यसअघि खोकना सरकारले खोनजोत नगर्न दिएको निर्दैशनलाई उल्लंघन गरी आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको थियो ।

सांस्कृतिक शहर मास्न खोजेको भन्दै खोकनावासी निरन्तर आन्दोलनमा

विकास निर्माणको नाममा नेवाः सम्पदा मासेको भन्दै खोकनावासी माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन् । काठमाडौं – तराई जोड्ने द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ –भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने योजना बनाएर सरकारले खनजोतमा रोक लगाएपछि खोकनाबासीहरु आन्दोलित भएका हुन् ।

Posted by News24 Nepal on Friday, July 10, 2020

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com