खानेपानीको मुहान पोखरीमै नुहाउनेको भीड, संस्थानको चरम लापरवाही



प्रकाशित मिति : Jul 09, 2020
  • रामगोपाल तमखु

भक्तपुर, २५ असार । भक्तपुर नगरबासीले खाने खानेपानीको मुहानमा खानेपानी संस्थानले चरम लापरवाही गरेको छ । भक्तपुर नगरपालिका र काठमाडौंको बानेश्वर, शान्ति नगर क्षेत्र लगायतका विभिन्न ठाउँका जनताले पिउने पानीका रूपमा प्रदूषित पानी खाइराखेका छन् ।

भक्तपुर नगरपालिका र काठमाडौंको बानेश्वर, शान्ति नगर क्षेत्र लगायतका विभिन्न ठाउँमा वितरण गर्ने खानेपानीको मुहान पोखरीमा नुहाउन जाने मानिसको भीड लागेको छ । खानेपानीको मुहान पोखरीमै मानिसहरुले साबुन, स्याम्पु लगाएर नुहाउने र नुहाईसके पछि लगाएको लुगा समेत धुने, विभिन्न थरी फोहर गर्ने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित भक्तपुर खानेपानीको मुहान पोखरीमा जोकोही गए पनि रोक्नेवाला कोही नभएको त्यहाँ घुम्न जानेहरुले बताएका छन् । ‘पहिला-पहिला ड्याम बनाएको ठाउँभन्दा माथि मान्छेलाई जान दिइदैनथ्याे, आजभोलि रोक्ने मान्छे कोही नभएकाले निर्बाध नुहाएर फर्किनेहरु बढेका छन्,’ एक स्थानीयले भने ।

खानेपानी संस्थान भक्तपुरले आजभोलि बेवास्ता गरेको स्थानीयहरुले गुनासो गरेका छन् । सो ठाउँमा अहिले नुहाउन जानेको प्रत्येक दिन भीड लाग्ने गरेको छ । पहिला-पहिला ड्यामभन्दा माथि कसैलाई पनि जान निषेध गरेको थियो । एक वा दुई जना पाले हुन्थे । ड्यामभन्दा माथि नुहाउन मनाही थियो । तर आजभोलि रोक्ने मान्छे कोही नभएको प्रत्यक्षदर्शीहरुकाे भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com