२४ असार २०७७, बुधबार
  • मनिराज पाण्डे

कालिकोट, २४ असार । कर्णाली प्रदेश सरकारले पेश गरेको आगामी आर्थिक वर्ष ०७७ र ७८ को प्रदेश विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको छ ।बुधबार बसेको कर्णाली प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पारित गरियोस् भनी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । प्रस्तावको विपक्षमा एकजनाको पनि मत नपरेपछि सभामुख राजबहादुर शाहीले आगामी आर्थिक बर्षको बजेट सर्वसम्मतिले पारित भएको घोषणा गर्नु भएको छ । कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड १३ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारले चालू खर्चतर्फ ११ अर्ब ६७ करोड ५७ लाख र पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV