२४ असार २०७७, बुधबार

काठमाडौं, २४ असार । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेको छ । पछिल्लो केही दिन देखिएको संक्रमणको दर बुधबार घटेको अनुमान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै बुधबार काठमाडौं उपत्यकामा २३ संक्रमित थपिएका छन् ।

हिजो मंगलबार काठमाडौं उपत्यकामा २८ संक्रमित फेला पर्दा गत सोमबार ५४ संक्रमित भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV