२४ असार २०७७, बुधबार
  • मनिराज पाण्डे

कालिकोट, २४ असार । कर्णाली प्रदेशमा २० जना कोरोना संक्रमित थपिदा १६ जनाले कोरोना जितेर घर फर्किएका छन् । चौरजहारी अस्पताल रुकुम पश्चिमबाट २ जना, सल्यान अस्पताल सल्यानबाट ५ जना, सालकोट आइसोलेसन सेन्टरबाट १ जना र चौकुने आइसोलेसन सेन्टर सुर्खेतबाट ८ जना गरी १६ जना कोरोना जितेर घर फर्किएका हुन् । आज सम्म कोरोना जितेर घर फर्किनेको संख्या १ हजार २ सय ९१ पुगेको छ ।

 

यसैगरी प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रगोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट सुर्खेतका १३ जना, दैलेखका २ जना र मुगुका २ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट दैलेखका ३ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV