२४ असार २०७७, बुधबार
  • सविन लामिछाने

तनहुँ, २४ असार । व्यास ३ मालापोत लाईनकी ईन्दु शाही अन्य दिनमा जस्तै गरी मंगलबार पनि बिहान पसल खोलेर ग्राहक कुरिरहेकी थिईन् । विकास चिया पसल नाम रहेको उनको पसलमा अन्य दिन जस्तै मंगलबार पनि चिया पिउन ग्राहक आएका थिए । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ विरुद्ध सरकारले गत चैत देखि जारी गरेको लकडाउन केही हद सम्म खुकुलो भएपछि उनी दैनिक रुपमा पसल खोल्दै आएकी छिन् । तर मंगलबार बिहानको करिब ९ बजेको समयमा उनको पसलमा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी हातमा मास्क बोकेर पुगे । प्रमुख जिल्ला अधिकारी र प्रहरी सहितको टोलि आफ्नो पसलमा आउदाँ उनको मनमा डर पैदा भयो ।

किनकि मास्क नलगाई घरबाहिर हिड्नेलाई पक्राउ गरी संक्रमण रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न सरकारले प्रहरीलाई निर्देशन दिइएको थियो । तर, सिडियो लगायत प्रहरी सहित पुगेको उक्त टोलीले उनी लगायत पसलमा भएका व्यक्तिहरुलाई मास्क वितरण गर्यो । उनलाई अनिर्वाय रुपमा मास्क प्रयोग गर्न र सावधानी अपनाउन समेत टोलीले आग्रह गर्यो, साथै टोलीले उनलाई कोराना सम्बन्धी साबधानीको बारेमा पनि जानकारी गरायो ।

सरकारले कोरोनासंग हेलचेक्र्याइँ गर्ने र लकडाउनको अवहेलना गरे १ महिना कैद वा जरिवाना वा दुवै सजाय समेत तोकेको हुनाले प्रमखु जिल्ला अधिकारीले मास्क वितरण गदै जनतालाई सचेत गराउन जनातको घर घर पुगेका हुन् । शाही जस्तै दुई सय पाँच जनालाई प्रजिअ अधिकारीले मास्क वितरण गरेका छन् । उनले भने, “पहिलो चरणमा हामीले सचेतना गराउदै हिडेका हौं, हेलचेक्र्याइँ बढ्न थालेमा भने हामीले कारबाही पनि गर्न सक्छौं । ” “विश्वको विकसीत मुलुकलाई समेत प्रभाव पारेको कोरोना भाईरस कोभिड-१९ विरुद्ध सबैले आ–आफनो ठाँउबाट उच्च सर्तकता अपनाउन आवश्यक छ । ”जिल्लाको सुरक्षाको हिसाबमा प्रमुखको भूमिको जिम्मेवारी बोकेका अधिकारीले जनताको सुरक्षालाई मध्यनजर गदै घर घरमा मास्क वितरण गदै हिडेका हुन् ।

सरकारले कोरोना सँग हेलचेक्र्याइँ गर्ने व्यक्तिलाई कारबाही गर्न निर्देशन पनि दिएको छ । लकडाउन खुकुलो भएको मौकामा सर्वसाधारणले हेलचेक्र्याइँ गर्न थालेपछि सरकार कारबाही गर्ने अवस्थामा पुगेको हो। कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै बिनामास्क घरबाहिर निस्किनेलाई पक्राउ गर्न भनेको छ ।

जो मास्क नलगाई घरबाहिर हिँड्छ उसलाई पक्राउ गरी संक्रमण रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न प्रहरीलाई निर्देशन दिइएको हो । सरकारले काममा निस्किँदा दुई मिटरको दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने र स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना गर्ने सर्त कायम गरे पनि सर्वसाधारणले यसलाई उपेक्षा गरेको सरकारको बुझाइ छ ।

यस्तै, ऐन पालना गराउने अधिकृत व्यक्तिलाई काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिबाना वा दुवै हुने व्यवस्था छ। यो ऐनले उक्त कसुरमा कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV