२४ असार २०७७, बुधबार

एजेन्सी, २४ असार । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले चीनको बुबोनिक प्लेगमा आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ ।विश्व स्वास्थ्य संगठनका प्रवक्ताले बुबोनिक प्लेग रोगबाट पीडित व्यक्तिलाई राम्रोसँग हेरचाह गरिरहेको बताएका छन्। चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा शहरमा बुबोनिक प्लेग देखिएको घटनापछि चिन्ता बढेको छ।

बयानूर शहरमा भेटिएको बिरामी गोठालो हुन् । उनलाई क्वारेन्टाइनमा राखिएको छ। बिरामीको अवस्था स्थिर रहेको बताइएको छ। कुनै समय बुबोनिक प्लेग विश्वको सबैभन्दा डरलाग्दो रोग थियो, तर अब यस्को उपचार सहजै हुन थालेको छ ।

सुरुमा बुबोनिक प्लेग रोग पहिचान गर्न गाह्रो हुने बताइएको थियो । यसको लक्षणहरू तीनदेखि सात दिनपछि देखा पर्छन् र कुनै अन्य फ्लू जस्तै नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV