२४ असार २०७७, बुधबार

एजेन्सी, २४ असार । ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोको सोशल मिडियामा एउटा भिडियोको कडा आलोचना भइरहेको छ । उनले सञ्चारमाध्यमसंगको कुराकानीको क्रममा मुखबाट माक्स निकालेको उनको भिडियोलाई लिएर आलोचना भइरहेको हो ।बोलसोनारोमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनले मुखबाट माक्स निकाल्दै सञ्चार माध्यमसंग बोल्दै गरेको भिडियो बाहिरिएको हो । पत्रकारले गरेको प्रश्नको जवाफ उनले मास्क हटाएर दिएका छन् । पत्रकारले उनमा कोरोनाले पारेको प्रभावको विषयमा प्रश्न गर्दा माक्स हटाउदै ‘सबै ठीकठाक छ, म मेरो लागि प्रार्थना गर्नेहरुलाई धन्यवाद दिन चाहन्छु, म ठीक छु,’ भन्ने उत्तर दिएका छन् ।

ब्राजिलका व्यक्तिहरूले सोशल मिडियामा लेखिरहेका छन् ‘बोलसोनारोले त्यस्तो हरकत गरेर के प्रमाणित गर्न चाहेका हुन् ?’ यो हप्ताको सोमबार उनले मास्क लगाउन अनिवार्य घोषणा गरेका थिए तर आफू भने त्यसरी एक संक्रमित भएर पनि बारम्बार माक्स हटाएर कुरा गरिरहदा त्यहाँका मानिसहरुले विभिन्न प्रकारका प्रश्नहरु गरिरहेका छन् ।

कोरोना महामारीलाई सुरुदेखि बोलसोनोरोले सामान्य फ्लूू भनेर सम्बोधन गर्दै आएका छन । जसको कारण उनको ठूलो आलोचना भइरहेको छ। ब्राजिल हाल संक्रमणको सन्दर्भमा विश्वमा दोस्रो स्थानमा छ, जहाँसम्म १६ लाख भन्दा बढी मानिसहरूलाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ। मृत्युको सन्दर्भमा पनि ब्राजिल दोस्रो स्थानमा नै रहेको छ। त्यहाँ कोरोनाबाट ज्यान जाने मानिसहरूको संख्या ६६ हजार ७ सय ४१ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV