२४ असार २०७७, बुधबार
  • कबिन्द्र शेर्मा

यासोक, २४ असार । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ ले हजार दिने आमाहरुलाई पोषण सामग्रीसहित पोषण झोला बितरण गरेको छ । बहु क्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत वडाका १ सय ६८ जना हजार दिने आमाहरुलाई पोषण सामग्री सहित पोषण झोला बितरण गरेको हो ।

साविक नौँ ओटै वडामा रहेका सुनौला हजार दिने आमाहरुलाई पोषण युक्त सामग्री बितरण गरि सकिएको र कोहि छुटेमा पुन बितरण गरिने १ नम्बर वडा अध्यक्ष देबेद्र कुमार लावतीले बताउनु भयो ।

बहु क्षेत्रिय पोषण कार्यक्रममा कुम्मायक गाउापालिकाको ११ लाख र संघिय सरकारको ११ लाख गरि जम्म २२ लाख बजेट रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV