२४ असार २०७७, बुधबार

काठमाडौं, २४ असार । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया भएको छ । उहाँको मोतियाविन्दुका कारण दाहिने आँखामा समस्या आएकाले काठमाडौंको तिलगंगा स्थित आँखा अस्पतालमा शल्यक्रिया गरिएको बताइएको छ ।

सभामुख सापकोटाको आँखा डाक्टर सन्दुक रुइतको टोलीले सफलरुपमा शल्यक्रिया गरेको हो । उपचारमा लागेको खर्च सबै स्वयम सापकोटाले व्यहोर्नु भएको छ । उहाँको उपचार खर्च राज्यकोषबाट व्यहोरिने प्रवधान रहेपनि राज्यकोषलाई व्ययभार नपर्ने भन्दै आँफै खर्च गर्नुभएको उहाँका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV