२४ असार २०७७, बुधबार

काठमाडौं, २४ असार । सम्पुर्ण प्रक्रिया पुरा भएका तर कोरोना संक्रमणको जोखिमका कारण उडान बन्द भएर दक्षिण कोरियामा रोजगारीमा जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । भाषा परीक्षा पास गरेर सम्पुर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका हुन् ।

सरकारले छिटो भन्दा छिटो कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । यो प्रदर्शन सरकारलाई दबाब स्वरुप गरिएको हो, यदि यसलाई वेवास्ता गरेमा पूर्ण रुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुन्छौं, प्रदर्शनमा सहभागीले भने ।

सहभागीहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सूचारु गर’, जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV