२४ असार २०७७, बुधबार

एजेन्सी, २४ असार । इंग्लिस प्रिमियर लिगमा चेल्सीले क्रिस्टल प्यालेसमाथि जित निकालेकाे छ । मंगलबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-२ गाेल अन्तरले पराजित गरेकाे हाे । याे जितसँगै चेल्सी प्रिमियर लिगको शीर्ष तीनमा उक्लिएको छ ।

चेल्सीको जितमा ओलिभर जिरुउड, क्रिस्टियन पुलिसिस र टम्मी अब्राहमले गोल गरे । विलियनले गोल नगरेपनि शुरुवाती दुई गोलको लागि असिस्ट दिएका थिए । क्रिस्टल प्यालेसका वेलफ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले गोल गरे ।

खेलकाे छैटौं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । उनले विलियनको पासमा गाेल गरेका थिए ।

खेलको २७ औँ मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । ३४ औँ मिनेमा क्रिस्टलका विल्फ्रेड जाहाले क्रिस्टलका लागि गोल गर्दै बराबरीतर्फ डोहोराउने बटो देखाए । ७१ औँ मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई जिततर्फ अघि बढाए ।

त्यसको एक मिनेट पछि क्रिटलका लागि क्रिस्टियन बेन्टेकेले गोल गरेपनि टिमलाई जित भने दिलाउन सकेनन् ।

जितसँगै चेल्सीले ३४ खेलबाट ६० अंक जोड्दै शीर्ष तीनमा स्थान बनाएको छ । समान खेल खेलेको लेस्टर ५९ अंकसहित तालिकाको चौथो स्थानमा छ । पराजित क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV