२४ असार २०७७, बुधबार

काठमाडौं, २४ असार । भक्तपुरको जगाति हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी साधनको जाम लागेको छ । विभिन्न जिल्लाबाट देशको राजधानी काठमाडौं आउन लागेका सवारीसाधनको चेकजाँचका क्रममा लामो जाम लागेको हो । सो नाका हुँदै उपत्यका भित्रिनेहरूलाई गाडीबाट झारेर चेकजाँच गरिएको छ ।

चेकजाँचका क्रममा सो सडक खण्डमा जाम परेको हो । सरकारले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाएपनि अत्यावश्यक सवारी र सम्बन्धित निकायबाट पास लिएर आवतजावत गर्नेहरुको संख्यामा भने कमि आएको छैन् ।

कोरोना भाइरस (कोभिड—१९) संक्रमण न्यनिकरणका लागि भन्दै सरकारले लक डाउन गरेपछि पछिल्लो समय केही खुकुलो भएसँगै नीजि सवारी साधन सञ्चालनमा रहेका छन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV