२३ असार २०७७, मंगलवार
  • रामगोपाल तमखु

भक्तपुर, २३ असार । भक्तपुर नगरपालिकाले मंगलबार स्थानीय पाठ्यपुस्तक “ख्वपको पहिचान” नामक पुस्तक सार्वजनिक गरेको छ । नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयहरुमा लागू गर्ने गरी स्थानीय पाठ्यक्रम पठनपाठनको निम्ति “ख्वपको पहिचान” पाठ्य पुस्तक प्रकाशनमा ल्याएको हो ।भक्तपुर नगरपालिकाको प्रमुख एवम भक्तपुर नपाद्धारा गठित शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका संयोजक सुनिल प्रजापतिले कार्यक्रममा कम्प्युटरको माध्यमबाट पठनपाठन गरिने भर्चुअल कक्षा भक्तपुर नगरपाकिाको लागि नयाँ विषय भएको र नगरपालिकाले सञ्चालन गरेको कक्षा र प्रसारणले देश भरिका विद्यार्थीहरु लाभान्वित भएको बताउनु भयो ।उहाँले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भए अनुसार भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्म निर्माण कार्यदल गठन गरी कक्षा १ र ६, कक्षा २ र ७ गरी चारवटा कक्षामा स्थानीय पठ्यक्रम तयार गरी सोही अनुसार अध्यापन भईरहेको र आगामी दिनहरुमा थप कक्षाहरुको पाठ्यक्रम निर्माणको तयारी भइरहेको पनि बताउनु भयो ।

त्यस्तै उहाँले लकडाउनका कारण नगरपालिकालाई ठूलो आर्थिक भार परिरहेको अवस्थामा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले बैठक भत्ता, पोशाक भत्ता र खाजा भत्ता वापतको खर्च रकम नलिईने घोषण गरी सहयोग गरेको अवगत गराउँदै नगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालय र संघसंस्थाहरुबाट पनि सहयोगको लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले स्थानीय पाठ्यक्रमलाई परिमार्जन गर्दै नयाँ पुस्ता माझ भक्तपुरको संस्कृति र संस्कारबारे व्यवहारिक ज्ञान प्रदान गर्न “ख्वपको पहिचान” नामक पुस्तक आवश्यक भएको बताउनु भयो । उहाँले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष ०७७ ७८को बजेतमा पनि शिक्ष, स्वास्थ्य र सांस्कृतिक सम्पदालाई विशेष प्राथमिकतामा राखिएको पनि जानकारी दिनु भयो ।

स्थानीय पाठ्यक्रम कार्यदलका अध्यक्ष योगेन्द्रमा बिजुक्छेँले पाठ्यक्रमविना पठनपाठन गराउन गरी सिकाउनु नै स्थानीय पाठ्यक्रमको विशेषता भएको बताउँदै ख्वपको पहिचान नामक पुस्तकले पाठ्यक्रमलाई सहयोेग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले भर्चुअल कक्षा निःशुल्क प्रसारण गरी सहयोग गर्ने भादगाउँ टेलिभिजनलाई र एसईई विद्यार्थी लक्षित भर्चुअल कक्षा व्यवस्थापनका लागि सहयोग गर्ने व्यवस्थापक लगयत १८ वटा विद्यालयका २५ जना शिक्षक शिक्षिकाहरुलाई पनि धन्यवाद पत्र र मायाको चिनो वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV