२३ असार २०७७, मंगलवार
  • तारा आचार्य

विराटनगर, २३ असार । लामो समयसम्म भएको लकडाउनको कारण विद्यालयहरु बन्द भए पछि मोरङको वेलवारी नगरपालिकाका विद्यालयहरुले गाँउ गाँउमा घुम्ती शिक्षण सुरु गरेका छन् ।विद्यालय बन्द हुदाँ अन्य विद्यालयहरुले अनलाइन कक्षा लिन थाले पछि वलुवाहीका विद्यार्थीहरुमा सूचना प्रविधिको पहुँच नभएका कारण अनलाइनको सुविधाको विकल्पमा बेलबारी १० का अधिकांश सरकारी विद्यालयहरुले गाँउमै गएर पढाउन थालेको श्री धीरनाथ सन्पूmल विश्वास माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद कोइरालाले जानकारी दिनु भयो । अहिले उक्त विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ ।उहाँले सो विद्यालयले १० वटा गाँउमा पढाई सुरु गरिएको र शिक्षकहरुले आलोपालो गरी पढाउने गरेको जानकारी दिनुभयो । उहाँले जेठ महिनाको अन्तिम सातादेखि विहान ७ बजेदेखि साढे १० बजे सम्म र साढे १० देखि १ बजे सम्म गरेर दुई सिप्mटमा सुरु गरिएको घुम्ती पढाइबाट कक्षा १ देखि १० कक्षा सम्मका सो क्षेत्रका अधिकाशं विद्यार्थीहरु लाभान्वित भएको जानकारी दिनु भयो ।यसरी सञ्चालन गरिएको एउटा कक्षामा १५ देखि २५ जना विद्यार्थीहरु सहभागी हुने गरेका छन् । २१ जना शिक्षकहरुले पालैपालो गरी सवै गाँउमा पढाउने गरिएको छ । गाँउमै आएर शिक्षकहरुले पढाउन थालेपछि विद्यार्थीहरु पनि हर्षित भएका छन् । उनीहरुले समाजिक दूरी कायम गरी माक्स लगाएर पढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV