२३ असार २०७७, मंगलवार

काठमाडौं, २३ असार । मुलुकमा थप २ सय ४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ४ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार १ सय ६८ पुगेको छ ।मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका १ जना, सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६ जना संक्रमित थपिएका छन् । यस्तै, राजविराज प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

जनकपु्र प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका ८ र महोत्तरीका २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका ११ जना, बैतडीका ११ जना, डोटी ७, गोरखाका १ जना, काठमाडौं १, सिन्धुलीका १ जना संक्रमित फेला परेका छन् । त्यस्तै किटजन्य प्रयोगशाला हेटौंडामा मकवानपुरका २ जना संक्रमित फेला परेका छन् । धुलिखेल अस्पतालमा भएको परीक्षणमा बाजुराका ५४ जना, सिन्धुपाल्चोकका १ जनामा संक्रमण पुष्टी भएको छ ।

पाटन अस्पतालमा धादिङका १ जना, भक्तपुरका ४ जना, कास्कीका १ जना, गोरखाका २ जना, काठमाडौंका १२ जना, ललितपुरका १० जना, लम्जुङका १ जना, नुवाकोटका १, सर्लाहीका ३ जना, पर्सा, रामेछाप, रुपन्देही, सतरीका १÷१ जना, सर्लाहीका ३ जना, सुनसरीका, रुकुमपश्चिम र मकवानपुरका १ जनामा संक्रमण पुष्टि भएको छ । शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण देखिएको छ ।

प्रादेशिक जनस्वपास्थ्य प्रयोगशाला पोखरामा तनहुँका २, बागलुङका १ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देही प्रयोगशालामा भएको परीक्षणमा अघार्खाँचीका ८ जना, कपिलवस्तुका १ जना, नवलपरासीका ५ जना, पाल्पाका २ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा दाङका २ जना, रुकुम पश्चिमका ४ जना, रुकुम पूर्वका १ जना, बर्दियाका २ जना, सल्यानका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा सुर्खेतका ३ जना संक्रमित थपिएका छन् । यता, डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका ६ जनामा संक्रमण देखिएको छ । यस्तै, मन्त्रालयका अनुसार हालसम्म २५ हजार ७ सय २७ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ८ हजार ६ सय ३४जना छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म २ लाख ६१ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV