२३ असार २०७७, मंगलवार

एजेन्सी, २३ असार । इरानी मुद्रा रियालमा भारी गिरावट आएको छ । सोमबार एक डलर बराबर २ लाख १५ हजार रियाल रहेको जनाइएको छ । यो रियालको आधिकारिक दर ४२ हजार रियाल भन्दा करिब पाँच गुना धेरै रहेको बताइएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार गत केही हप्तामा निरन्तर गिरावटका कारण केन्द्रीय बैंकले कदम चाल्नु परेको थियो। बैंकले लाखौं डलर बजारमा राख्यो ताकि केही स्थिरता होस भनेर ।

केन्द्रीय बैंकका गभर्नर अब्दुलानासीर हेमाट्टीले यो कदमलाई बुद्धिमत्ता र सही तरिका भएको बताएका छन् । कुनै जानकारी नदिई उनले बैंकमा पर्याप्त विदेशी मुद्रा भण्डार रहेको बताएका छन् ।

अर्थशास्त्रीहरूका अनुसार कोरोना भाइरसको कारण हुने आर्थिक संकटको समयमा चालू खाता र वित्तीय घाटामा परेको असरका कारण यी भण्डारहरूको प्रयोग आवश्यक भएको छ।

अन्तर्राष्ट्रिय वित्त संस्थानको मध्य पूर्व र उत्तर अफ्रिकाका मुख्य आर्थिक सल्लाहकार गेब्रिस इराडियनका अनुसार, ‘उनीहरूसँग बजारमा लगानी गर्नका लागि विदेशी विनिमय भण्डार सीमित छ र अब अमेरिकी प्रतिबन्ध र अन्तर्राष्ट्रिय समुदायबाट अलग्गिएर छुट्टिएका छन् ।’

कुनै पनि गिरावट रोक्न यो सम्भव छैन। सन २०५१ मा इरानले अमेरिकासहित ६ देशहरूसँग आणविक सम्झौतामा हस्ताक्षर गरेको थियो । तर २०१८ मा अमेरिकाले उक्त सम्झौता रद्द गर्यो ।

इरानलाई फेरि प्रतिबन्ध लगायो। यस कारणले ईरानको मुद्राको मूल्य करिव ७० प्रतिशतले कमी आएको थियो। आयातकर्ताहरूको आर्थिक बोझ कम गर्न सरकारले धेरै विनिमय दरहरू तय गर्न खोज्यो। तर स्वतन्त्र बजारमा केन्द्रीय बैंकको हस्तक्षेपपछि, रियाल पतन जारी नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV