२३ असार २०७७, मंगलवार
  • उत्तम पौडेल

पोखरा, २३ असार । पूर्व सभामूख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ । उहाँकी आमा एवं प्रजातन्त्र सेनानी स्वर्गीय नारायणदत्त रानाभाटकी धर्मपत्नी खिमकुमारी रानाभाटको आज बिहान ८ः५५ बजे पोखरा २६ आफ्नै निवासमा निधन भएको उहाँका छोरा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले जानकारी दिनुभयो । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।

वि.सं. जन्म १९७७ असोज महिना बिजयादशमीका दिन जन्मिनु भएको रानाभाटको निधन ०७७ आषाढ २३ गते भएको हो । सामाजिक रुपमा र राजनितीक रुपमा समेत क्रियाशिल उहाँको नेपाली कांग्रेस पार्टिमा अतूलनिय योगदान रहेको छ । उहाँका छोराहरु तारानाथ रानाभाट, खिलेन्द्र रानाभाट, देवेन्द्र रानाभाट र सुरेन्द्र रानाभाट हुनुहुन्छ भने छोरीहरु खिमादेवी रानाभाट र शोभा कुमारी रानाभाट रहनुभएको छ ।

स्वर्गिय रानाभाटको आज दिउँसो २:३०बजे निवासबाट शवयात्रा सहित रामघाटमा अन्तेष्टी गरिने परिवार स्रोतले जनाएको छ ।

खिमकुमारी रानाभाटप्रति श्रद्धाञ्जलि अर्पण गर्दै यो सामाग्री उहाँप्रति समर्पण गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV