२२ असार २०७७, सोमबार

काठमाडौं, २२ असार । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने पक्का भएको छ ।

जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा सन्दीप लामिछानेलाई आफ्नो टिममा राखेका हो । पहिलो संस्करणमा सन्दीप ५ हजार तथा दोस्रो संस्करणमा ७० हजार डलरमा अनुबन्ध भएका थिए ।

तर, अहिले तेस्रो संस्करणमा उनी ९० हजार अमेरिकी डलर (१ करोड ७ लाख रुपैयाँ बढी)मा अनुबन्ध भएका छन् । गत असार १० गते गरिएको ड्राफ्ट सोमबार साँझ सार्वजनिक गरिएको हो ।

सन्दीप आबद्ध टिममा आन्द्रे रसेल, कार्लोस बाथवेटलगायतका खेलाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV