२२ असार २०७७, सोमबार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा, २२ असार । ओखलढुंगाको सिद्धिचरण नगरपालिकालाई एक स्थानीयले सलह कीरा जम्मा पारेर बुझाएका छन् ।

जिल्लाका विभिन्न स्थानमा देखा परेका सहल कीरा नियन्त्रणका लागि पहल गर्न भन्दै सिद्धिचरण नगरपालिका–११ का राजेन्द्र राईले करिब १ सय वटा सलह जम्मा पारेर बुझाएका हुन् ।

सोमबार बिहान स्थानीय राईको सुन्तलाको बोटमा बसेको सलह कीरालाई संकलन गरेर नगरपालिकाको कृषी शाखामा बुझाएको राईको भनाइ छ । उनले कीरा पहिचानका लागि सहज होस् भनेर बुझाएको बताएका छन् ।

राईले घर नजिकको क्षेत्रमा बत्ति बालेको र उक्त स्थानमा सलह कीरा फेला परेपछि संकलन गरेर नगरपालिकामा बुझाएका कृषी शाखा प्रमुख भिम बहादुर दर्जीले बताए ।

स्थानीयले सलह कीरा नगरपालिकामा बुझाएपछि नगरपालिकास्थित कृषी शाखा र कृषी ज्ञान केन्द्रको टोली अनुगमनका लागि सोत्रु पुगेको छ । अनुगमनका क्रममा कृषकहरुले सुन्तला तथा मकैका बोटमा छिटफुट रुपमा सहल कीरा देखिएको भएतापनि क्षति भने नगरेको प्रतिक्रिया दिएका छन् ।

स्थानीय राईले बुझाएका उक्त सलहलाई बट्टामा हालेर राखिएको सिद्धिचरण नगरपालिका कृषी शाखा प्रमुख दर्जीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV