२२ असार २०७७, सोमबार

काठमाडौँ, २२ असार । युवा तथा खेलकुद मन्त्रालयले ४ खेल पत्रकारसहित १० पत्रकारलाई सोमबार नगदसहित सम्मान गरेको छ ।
सम्मानित हुने खेल पत्रकारमा अन्नपूर्ण पोष्टका रोशनकुमार सिंह, कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधर, नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की र पोखराका केशव पठाक रहेका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र सचिव रामप्रसाद थपलियाले उनीहरुलाई प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गर्नुभयो । पठाक पोखरामा भएका कारण कार्यक्रममा उपस्थित भएनन् ।

सोही अवसरामा विभिन्न सञ्चारमाध्यमका ६ युवा पत्रकारलाई पनि प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा मन्त्री विश्वकर्माले ‘एन्टी डोपिङ’ एप्स पनि सार्वजनिक गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV