२२ असार २०७७, सोमबार

काठमाडौं, २२ असार । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालय अन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवको जिम्मेवारी दिएको छ ।

असार २१ गतेको मन्त्रिस्तरीय निर्णयानुसार ढकाललाई सदस्य–सचिवको जिम्मेवारी दिइएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९१२० बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लािग राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब १ महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV