२२ असार २०७७, सोमबार
  • मनिराज पाण्डे,

कालिकोट, २२ असार । सोमबार कर्णाली प्रदेशमा १८ जना कोरोना संक्रमित थपिँदा १६ जनाले कोरोना जितेर घर फर्किएका छन् । घर फर्किनेमा पञ्चपुरी आइसोलेसन सेन्टरबाट ७ जना, गुर्भाकोट आइसोलेसन सेन्टरबाट ५ जना, प्रदेश अस्पताल सुर्खेतबाट ३ जना र बारेकोट आइसोलेसन सेन्टर जाजरकोटबाट १ जना गरी १६ जना रहेका छन् ।

त्यस्तै, भेरी अस्पताल नेपालगंज बाँकेमा गरिएको परीक्षणबाट सुर्खेतका १४ जना र जाजरकोटका ३ जनामा कोरोना पुष्टी भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १ हजार ५ सय १६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV