२२ असार २०७७, सोमबार
  • देवराज पन्त,

मकवानपुर, २२ असार । मकवानपुरको हेटौंडा वडा नम्बर ११ मा सोमबारबाट करिब ४० फिट लम्बाईको तौलपुल ९धर्मकाँटा० सञ्चालनमा ल्याईएको छ । नेपालमा हाल सम्म केही अपवादलाई छोड्ने हो भने, ३८ फिट लम्बाई सम्मका व्यवसायिक ट्रेलर, ट्रकहरु गुड्ने गरेका छन् । यसैकुरालाई ध्यानमा राखेर हेटौंडा उपमहानगरपालिका, नारायणी संघ कम्पनी प्रालि र नारायणी यातायात संघ प्रा। लि।को संयुक्त व्यवस्थापनमा रहने गरी तौल पुल सञ्चालनमा ल्याईएको हो ।

हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले सोमबार एक कार्यक्रमको आयोजना गरी तौलपुल अथार्मत धर्मकाँटाको शुभारम्भ गरेका छन् । करिब ५५ लाख रुपैयाँको खर्च लागतमा निर्माण गरिएको तौलपुलमा तौल गरेवापत भ्याटसहित ५० रुपैयाँ शुल्क तिर्नुपर्ने र सो रकम सामाजिक कार्यमा प्रयोग हुने बताईएको छ ।

पछिल्लो समय आफ्नो क्षमता भन्दा बढी भारबहन गर्नाले सडक, पुल–पुलेसा चाडै भत्किने गरेको छ । सोमबारबाट तौलपुल सञ्चालन आएपछि क्षमताभन्दा बढी भार लिएर आउने सवारीको भार मिलान गरेरमात्रै अगाडि बढ्न दिईने नारायणी संघका महासचिव सरोजकुमार खनालले बताउनु भयो ।

हेटौंडामा पहिले देखिनै तौल पुल सञ्चालमा रहेको भएपनि सो तौलपुलको लम्बाई छोटो हुनाले लामो ट्रेलरको तौल गर्न नसकिएपछि तौल नलिइकनै छोड्नु पर्ने बाध्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV