२२ असार २०७७, सोमबार

बागलुङ, २२ असार । बागलुङ जिल्लामा रही विभिन्न सञ्चार माध्यममा कार्यरत क्रियाशील पत्रकार खेमराज गौतम ‘सुवास’ पहिलो नगर विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । राससका बागलुङ संवाददाता एवं धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार डट कमका सह सम्पादक रहेका गौतम यसै वर्षबाट प्रदान गर्न सुरु गरेको उक्त पुरस्कारबाट नगद ३० हजार सहित दोसल्ला र सम्मानले पुरस्कृत गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको सातौ नगर सभामा पुरस्कार हस्तान्तरण गर्दै बागलुङ नगरप्रमुख जनकराज पौडेलले पत्रकारिताको माध्यमबाट बागलुङ नगरको विकास र गतिविधिमा महत्वपूर्ण योगदान पुर्याएकोले गौतमलाई पुरस्कृत गरिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए ।

बागलुङ नगरपालिको गरेका विकास निर्माणका गतिविधिहरुलाई पत्रकारितको माध्यमबाट आम जनतासंग जोड्ने पत्रकारलाई हरेक वर्ष सम्मान गर्ने गरी बागलुङ नगरपालिकाले यसै आर्थिक वर्षबाट उक्त पुरस्कार प्रदान गर्न सुरु गरेको हो । गौतमले पुरस्कारले आँफुमा थप जिम्मेवारी र पेशागत रुपमा उत्साह थपिएको बताए ।

यस्तै सातौँ नगरसभाकै अवसरमा उत्कृष्ट जनप्रतिनिधि तर्फ बागलुङ नगरपालिका—१ का वडा सदस्य सुर्य लामिछाने समेत सम्मानित भएका छन् । बागलुङ नगरका १४ वडा मध्येबाट उत्कृष्ट कार्य सम्पादन गर्ने जनप्रतिनिधिको रुपमा लामिछानेलाई सम्मान गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV