२१ असार २०७७, आईतवार

जापान, २१ असार । जापानमा भारी बर्षापछि आएको बाढी र पहिरोमा परी १६ जनाको मृ’त्यु भएको छ भने आठ जना हराइरहेका छन् ।

जापानको क्युसुद्वीप र कुमामोटो प्रान्त वरिपरिका लाखौं सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । कुमामोटो प्रान्तको कुमा नदीको बहाव बढेर बस्तीमा समेत प्रवेश गरेकोले त्यहाँका सर्वसाधारण थप मारमा परेका छन् ।

जापानको तकिनुई जिल्लाका आठ वटा घर बाढीले बगाएको छ । यसैबीच जापानका प्रधानमन्त्री सिन्जो आबेले देशमा आएको विपत नियन्त्रण र उद्वारका लागि १० हजार सैनिक परिचालन गरिएको जानकारी दिंदै नागरिकहरुलाई सचेत रहन अपील गरेका छन् ।

बाढी पहिरोका कारण हजारौं घर डुबानमा परेका छन् । सयौंको संख्यामा सवारीसाधनहरु पुरिएका छन् भने सयौं चौपायाहरु समेत बगाएको छ ।

जापानी सेनाले हेलिकप्टरको सहायताले बाढी पहिरोमा हराइरहेकाहरुको खोजी जारी राखेको छ । बिजुली आपूर्ति बन्द हुँदा जापानका अधिकांश शहर अन्धरकारमय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV