२१ असार २०७७, आईतवार
  • भगतराम थारु,

नेपालगञ्ज, २१ असार । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले पत्रकारिता पेसा जहिले पनि अडिक भएर गर्नुपर्ने बताएका छन् ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले यस्तो बताएका हुन् ।

केही दिन अगाडि बाँकेका प्रमुख जिल्ला अधिकारी भएर आएका प्रजिअ कुरुम्वाङले ढुक्क भएर तस्कर र दलालको दानापानी सुकाउने गरी समाचार लेख्न आग्रह पनि गरे । तस्कर, दलाल, प्रहरी प्रशासन कसैले पनि केही गल्ती गरे उनीहरुको बारेमा निर्धक्क भएर समाचार लेख्न प्रजिअ कुरुम्वाङले आग्रह गरे ।

उनले भने, ‘पत्रकारिता पेसामा आँच आउन नदिने खाले समाचार निर्धक्कका साथ सम्प्रेशन गरे हुन्छ ।’ त्यस्तै, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बाँकेमा आएको १५ दिनमा १५ सफलता प्राप्त गरेको बताए ।

बाँके जिल्लामा पत्रकारहरुको साथ र सहयोगले काम गर्ने वातावरणमा सहजता भएको उनले धारणा राखे । एसपी रानाले पत्रकारहरुको योगदानले काम गर्ने हौसला र उजा थपिएको जानकारी गराए ।

उनले भने, ‘बाँकेका पत्रकारहरुको योगदानले काम गर्ने प्रेरणा थपेको छ । यसलाई मैले अवसरको रुपमा लिएको छु ।’

यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. ५ का महासचिव गजेन्द्र गुरुङले बाँकेमा प्रजिअ र एसपी दुवैजनाको काम गर्ने शैलीले बाँकेबासी खुसी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV