२१ असार २०७७, आईतवार

बझाङ, २१ असार । बेलायतमा बस्दै आएकी समाजसेवी इशा गुरुङले पहिरो पीडितहरुलाई सहयोग गरेकी छन् । “पहिरोमा परी ६ को ज्या’न गयो, १ बेपत्ता” भन्ने समाचार पढेर समाजसेवी गुरुङले सामाजिक सञ्जालमार्फत पीडितहरुलाई सहयोग गर्ने घोषणा गरेकी थिइन् ।

इशा गुरुङ

घोषणा अनुसारनै गुरुङले आइतबार न्यूज २४ कर्मी रिदम सिंहद्वारा पहिरो प्रभावित २० परिवारका लागि राहत स्वरुप २० बोरा चामल र २० वटा कम्बल सहयोग गरेकी हुन् ।

गए शुक्रबार राति अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर केदारस्यूँ गाँउपालिका वडा नं. ८ मल्लेसीका ६ जनाले ज्या’न गुमाएका थिए ।

साथै, उक्त पहिरोले २० वटा घरलाई पूर्ण क्षति पु-याएको थियो । उक्त गाँउमा नै पुगेर पहिरो पीडितरुलाई राहत दिने योजना बनाइएपनि गाँउसम्म पुग्ने बाटो अप्ठ्यारो भएकाले जिल्ला प्रशासन कार्यालय बझाङमार्फत राहत वितरण गरिएको हो ।

समाजसेवी गुरुङले नेपालमा बिपदमा परेकाहरुलाई सहयोग गर्दै आएकी छन् । पीडितहरुका लागि राहत बुझ्दै प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले समाजसेवी गुरुङलाई धन्यबाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV