२१ असार २०७७, आईतवार
  • दानबहादुर बुढा

मुगु, २१ असार । पर्यटकको उपस्थितिले चहलपहल देखिने मुगुको रारा यति बेला सुनसान छ । कोरोनाका कारणले गर्दा हवाई तथा सडक मार्ग बन्द भएपछि रारामा पर्यटक शून्य बने । तर लकडाउन खुकुलो भएपछि हिजो आज घुम्न आउने आन्तरिक पर्यटकले रारामा चमक देखिन थालिएको छ , रारा मुस्काउन थालेको छ ।रारा घुम्ने अहिले उपयुक्त मौसम भएपनि लकडाउनले रारा लगायत मुगु जिल्लामा रहेका अन्य पर्यटकीय स्थानहरुमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको कमीका कारण प्रभावित बनेको छ । रारामा पर्यटक आगमन रोकिदा निकुञ्जलाई राजश्वमा घाटा र अर्कोतिर होटल व्यवसायीदेखि घोडा चालक स्थानीयवासीहरुले उत्पादन गरेका बस्तुहरु ब्यापारीहरुलाई समेतमा असर परेको छ ।गत माघ र फागुन महिनामा हवाई मार्गबाट केही पर्यटक रारा घुम्न आएपनि चैत ११ देखि सुरु भएको लकडाउन देखि पर्यटक आगमनमा बन्द भएको थियो । तर हिजो आज देशमा लकडाउन खुकुलो भएपछि रारा घुम्न आउने आन्तरिक पर्यटकहरु फाट फुटमा देखिन थालेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।लकडाउनले रारा क्षेत्र वरपरका एकदर्जन भन्दा बढी होटल बन्द हुनु र करिव दुई सय घोडा व्यवसायहरु मारमा परेका छन् । लकडाउनले होटल बन्द गरेर होटल सञ्चालकहरु आफनो घर तर्फ लागेका छन् भने पर्यटक बोक्न घरमा पालेका घोडाहरु पाटनतिर लगाइएको रारा हुटुमा रहेको डाँफे होटल सञ्चालक पूर्णदेबि बम बताउनु हुन्छ ।रारामा रहेका रवरका डुंगा प्रयोगमा नआएर रारा तालको किनारमा थन्किएका छन् । कोही पर्यटक नआएपछि डुंगाचालक फुर्सिदला बनेर आफनो घरको काम गर्न हिजो आज ब्यस्त रहने गरेका छन ।कोरोना महामारीले गर्दा मुगुमा रहेका धार्मिक सांस्कृतिक,ताल,मठ मन्दिर नदी नाला,पहाड,हिमाललगाएत थुप्रै पर्यटकीय क्षेत्र सुनसान बनेका छन् ।लकडाउनले व्यवसायहरु ठूलो घाटामा परेको मुगु उद्योग बाणिज्य संघ मुगुका अध्क्षय कमल बहादुर बुढाको गुनासो छ ।
असारदेखि लकडाउनमा केही खुकुलो हुदै गएपछि मुगुका कर्मचारी, राजनीति दलका नेता तथा कार्यकर्ता , विद्यार्थीहरु रारा घुम्न जान थालेका छन् । बाहिर जिल्लाबाट भने कोही पनि रारा घुम्न आएका छैनन ।हिजो आज रारा तालमा रहेका २ सय भन्दा बढी प्रजातिका फूलहरु फूल्दा रारा दुलही सजाए जस्तो देखिन थालिएको छ । यस्तै बिभिन्न प्रजातिका बनस्पतिहरुले हरियाली थप्दा राराको सुन्दरमाथि सुन्दरता थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV