२१ असार २०७७, आईतवार
  • मनिराज पाण्डे,

कालिकोट, २१ असार । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख अस्पताल, दैलेखमा गरिएको परीक्षणबाट दैलेखका ५ जना, सर्खेतका १ जना, चितनका १ जना र नवलपरासी पूर्वका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट सल्यानका १ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै, कर्णाली प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ४ सय ९८ पुगेको छ ।

त्यस्तै, थप ३० जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, सल्यान अस्पताल सल्यानबाट ५ जना, लेखबेशी आइसोलेसन सेन्टर सुर्खेतबाट ४ जना, मेहेलकुना अस्पताल सर्खेतबाट ३ जना, गुर्वाकोट आइसोलेसन सेन्टर सर्खेतबाट ३ जना र कालिकोट अस्पताल कालिकोटबाट २ जना गरी ३० जना उपचारपछि ठीक भएर घर फर्किएका हुन् ।

योसँगै हालसम्म प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या १ हजार २ सय ३१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV