२१ असार २०७७, आईतवार

काठमाडौं, २१ असार । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुण्डाई)ले कोरोना महामारीको परिस्थितिलाई सहज बनाउन आफ्नो ग्राहकहरुका लागि एक नौलो सुविधाको सुरुवात गरेको छ ।

उक्त सुविधा मार्फत् ग्राहकहरुले शोरुमसम्म नपुगिकन सजिलै अनलाइनबाट आफूलाई चाहिएको हुण्डाई गाडीको बुकिङ्ग गर्न सक्ने जानकारी गराइएको छ ।

लक्ष्मी हुण्डाईले कोरोना महामारीको समयमा सामाजिक दूरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारिक वेब साइटबाट ‘क्लिक टु बूक’ सेवाको सुरुवात गरेको हो ।

गाडी खरिदको प्रक्रिया सहज बनाउनका लागि उक्त प्रणाली मार्फत ग्राहकहरुले आफूलाई चाहिएको गाडी सजिलैै खोजेर छनौट गरी उक्त गाडीको विभिन्न विशेषता, मूल्य, छुट तथा अन्य विभिन्न फाइदाको साथै आफूलाई चाहिएको जानकारी लिन सक्नेछन् ।

ग्राहकहरुले आफूलाई चाहिएको गाडी छनौट गरेपश्चात बिक्री परामर्शका लागि दर्ता प्रक्रिया सेट–अप गरिने जनाइएको छ । त्यसपछि ग्राहकहरुलाई तोकिएको बिक्री परामर्शदाताले सीधैं सम्पर्क गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV