२१ असार २०७७, आईतवार

काठमाडौं, २१ असार । गायक तथा संगीतकार सूर्य रुम्बाको नयाँ गीत ‘दुई शब्द’ सार्वजनिक भएको छ । गायक रुम्बाकै शब्दमा गीतलाई प्रतिक थापाले एरेञ्ज गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा मोडल एवं निर्देशक हेरुका लामा र निराञ्जली लामा फिचर्ड छन् । साथै, भिडियोमा बाल कलाकारको रुपमा सगुन रुम्बा र पेम्जोङ लामालाई फिचर्ड गरिएको छ ।

भिडियोलाई बिशाल राज राईले निर्देशन गरेका हुन् । त्यस्तै राम कुमार केसीको छायाङ्कन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV