२१ असार २०७७, आईतवार
  • तारा आचार्य,

विराटनगर, २१ असार । नेपाल सरकारले बैदेशिक रोजगारीमा गएर विदामा नेपाल आएकाहरुलाई वैदेशिक रोजगारीका लागि जान दिने निर्णय गरेपछि विराटनगरको श्रम कार्यालयमा भीड बढेको छ ।

तर सरकारको अपुरो सूचनाका कारण विराटगरको श्रम कार्यालयमा पुगेका युवाहरु निराश बनेका छन् । सरकारले करार अवधि बाँकी रहेका, करार अवधि नवीकरण गरेका र भिषाको समेत म्याद थप भएकाहरुलाई आवश्यक कागजातसहित कोभिड १९ परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको छ ।

उक्त निणर्य अनुसार प्रदेश १ को राजधानी विराटनगरमा रहेको श्रम कार्यालयमा श्रम स्वीकृति लिनेहरुको भीड बढेको छ । तर प्रदेश १ का विभिन्न जिल्लाहरुबाट आएकाहरुले विराटनगरबाट श्रम स्वीकृति नपाउने भए पछि काठमाडौं जान समस्या पर्ने भएको गुनासो गरेका छन् ।

उनीहरुले सरकारले प्रदेशबाट पनि श्रम स्वीकृति दिने भने पछि टाडा टाडा बाट आएको र श्रम कार्यालयले सूचना नगरेका कारण आफुहरुले दुःख पाएको गुनासो गरेका छन् । लकडाउन अघि प्रदेश १ का सवै जिल्लाकालाई सो कार्यालयबाट सेवा दिदै आएको थियो । लकडाउन भएपछि श्रम स्वीकृति रोकिएको थियो ।

यता श्रम तथा रोजगार कार्यालयमा भने जनसक्तिको अभाव र लकडाउनका कारण सवै कर्मचारीहरु नआएका स्वास्थ्य परीक्षणको कारण देखाउदै श्रम स्वीकृति दिन नसक्ने भएको श्रम कार्यालय विराटनगरका बरिष्ठ अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिनु भयो ।

उहाँले आप्mनो विभागको काम गर्न समस्या परेको हुनाले वैदेशिक रोजगारीको काम गर्नको लागि कर्मचारी र स्वास्थ्य सुरक्षाको माग गर्नु भएको छ ।

तर समयमा नै सही सूचना नदिदा ठूलो संख्यामा युवाहरुले कठिन परिस्थितिमा थप दुःख भोग्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV